नेपालको व्यापार घाटा थाम्न नसकिने भयो नौ महिनामा नौ खर्ब तीन अर्ब घाटा

नेपालको व्यापार घाटा थाम्न नसकिने भयो नौ महिनामा नौ खर्ब तीन अर्ब घाटा

चालु आर्थिक वर्ष ७६/७७ को नौ महिनामा कुल वस्तु व्यापार घाटा आठ दसमलव नौ प्रतिशतले संकुचन भई नौ खर्ब तीन अर्ब ७२ करोड कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी गत वर्षको सोही अवधिमा यस्तो घाटा २१ दसमलव पाँच प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात छ दसमलव छ प्रतिशत रहेको थियो । 

 

आर्थिक वर्ष २०७६-७७ को नौ महिनामा कुल वस्तु आयात सात दसमलव पाँच प्रतिशतले घटेर नौ खर्ब ८२ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१ दसमलव तीन प्रतिशतले बढेको थियो ।

 

वस्तु आयात गरिने मुलुकका आधारमा अन्य मुलुकबाट भएको आयात तीन दसमलव एक प्रतिशतले बढेको छ भने भारत तथा चीनबाट भएको आयात क्रमशः १२ दसमलव तीन प्रतिशत र एक प्रतिशतले घटेकोे छ । 

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालुु आर्थिक बर्षको नौ महिनाको देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी प्रतिवेदन अनुसार नौ महिनामा कुल वस्तु निर्यात १२ दसलमव नौ प्रतिशतले वृद्धि भई ७८ अर्ब ८२ करोड पुगेको छ ।

 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७ दसमलव सात प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २५ दसमलव चार प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः २८ दसमलव एम प्रतिशत र सात दसमलव पाँच प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जडिबुटी, दन्तमन्जन लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनीगलंैचा लगायतका वस्तुको निर्यात घटेको छ । 

 

वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ । 

 

निर्याततर्फ वीरगंज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको राष्ट्र बैकले जनाएको छ ।