शनिबार चन्द्रमा नदेखिएका कारण ईद पर्व १२ जेठ सार्वजनिक बिदा

शनिबार चन्द्रमा नदेखिएका कारण ईद  पर्व १२ जेठ सार्वजनिक बिदा

सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा आइतबार दिने निर्णय सच्याएर अब सोमबार दिने निर्णय गरेको छ ।

यसअघि मन्त्रिपरिषद् बैठकले ११ जेठ आइतबार ईदको सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यसलगत्तै गृह मन्त्रालयले सूचना निकालेर बिदाको जानकारी दिएको थियो ।

गृहले शनिबार अर्को सूचना निकालेर बिदा सच्याइएको जानकारी दिएको हो । गृहको सूचनामा नेपाल र दक्षिण एसियाभरबाट शनिबार चन्द्रमा नदेखिएका कारण उक्त पर्व १२ जेठमा पर्ने भन्दै मुस्लिम आयोगको अनुरोधमा बिदा सच्याइएको उल्लेख छ ।

फरक–फरक भूगोलमा ईद पर्व पनि फरक पर्ने गरेको छ । सम्बन्धित क्षेत्रका मुख्य मौलानाले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गर्नुपर्छ ।