महिनावारीको विषयलाई लिएर कति जानकार छन् नेपाली महिलाहरु

महिनावारीको विषयलाई लिएर कति जानकार छन् नेपाली महिलाहरु

महिलाहरु आफ्नो स्वास्थ्यका बारेमा जागरुक बन्दै गइरहेका छन् । यद्यपि हाम्रो समाजमा यौन तथा प्रजननको विषयमा महिलाहरु उतिसारो खुल्दैनन् । तथापि शिक्षा र चेतनाको विकाससँगै यस बारेका अन्धविश्वास तथा गलत परम्परा वा मान्यताहरुमा परिवर्तन हुँदै आएको छ । प्रजनन उमेर समूहका महिलाहरुमा रजस्वला हुनु एक प्राकृतिक नियम हो । तर यहीँ रजस्वलाका विषयमा पनि विभिन्न खाले नकारात्मक मान्यताहरु छन् । रजस्वला बारेका केही मिथक र त्यसबारेको सत्य कुराहरु यहाँ प्रस्तुत गरेका छौँ :

महिलाहरुमा सामान्यतया एक महिनाको समयमा महिनावारी हुन्छ । कतिपयले यस्तो महिनाबारी ठ्याक्कै २८ दिनमै हुनुपर्छ र नभएमा त्यो खतराको संकेत हो भन्ने ठान्छन् । तर यस्तो होइन । महिलामा महिनावारी चक्रमा निश्चित दिन नहुन सक्छ । कहिले बढि हुनसक्छ र कहिले कम । २८ दिन केवल औषत मात्र हो । कतिपयले महिनावारी भएको समयमा यौन सम्पर्क गर्दा कुनैपनि हालतमा महिला गर्भवती नहुने र त्यो समय पूर्णरुपमा सुरक्षित हुने ठान्छन् । तर सत्य के हो भने महिनावारी अनियमित हुने महिलाहरुको हकमा अण्डा उत्सर्जन जुनसुकै समयमा पनि हुनसक्छ ।

महिनावारीको बेला कम रगत बग्यो भने त्यस्ता महिलाको गर्भ रहदैन भन्ने गलत धारणा छ । तर त्यो सही होइन । रगतको मात्रा महिला पिच्छे फरक हुनसक्छ ।


त्यसैले महिनावारी भएको बेला हुने यौन सम्पर्कबाट समेत गर्भ रहनसक्छ । तर नियमित रुपमा महिनावारी हुने महिलाको हकमा भने महिनावारी भएको सुरुका ७ दिन लगभग सुरक्षित हुने बताइन्छ । महिनावारीको बेला कम रगत बग्यो भने त्यस्ता महिलाको गर्भ रहदैन भन्ने गलत धारणा छ । तर त्यो सही होइन । रगतको मात्रा महिला पिच्छे फरक हुनसक्छ । महिनावारी हुनुपूर्व महिलालाई कुनैपनि पत्तो नहुने धारणा हुन्छ । तर त्यसो होइन महिनावारी हुनु ५ देखि ११ दिन पहिलेदेखि नै महिलामा अब महिनावारी हुँदैछ भन्ने खालका लक्षण देखा पर्छन् ।
त्यसमा टाउको दुख्नु, खुट्टा सुन्निनु, ढाड दुख्नु, पेट गडबड हुनु, स्तन फुल्नु वा ढिला हुनु लगायतका हुन् । किशोरावस्थामा महिलामा नियमित महिनावारी हुन्छ भन्ने छैन । किशोरीहरुमा कहिलेकाहीँ दुइ महिनासम्म पनि महिनावारी नहुन सक्छ र त्यसपछि मात्र महिनावारी हुनसक्छ । यो सामान्य प्रक्रिया हो र यसमा आत्तिइहाल्नुपर्दैन । तर उमेर बढेसँगै वा युवा अवस्थामा प्रवेश गरेसँगै महिनावारी नियमित बन्दै जान्छ । केही दिनको अनियमितताबाट खासै चिन्ता मान्नु नपर्ने भएपछि युवावस्थामा समेत महिनावारीमा अनियमितता भयो भने चिकित्सककोमा सल्लाह लिन जानुपर्छ ।
महिनावारी महिलामा एक प्राकृतिक, नियमित तथा स्वभाविक र गौरवको विषय हो । हाम्रो समाजमा अहिलेपनि यसलाई पूर्वजुनिको पाप, नछुने भएको अवस्था वा फोहोर अवस्थाको रुपमा लिने गरिन्छ । महिनावारी महिलाको लागि खुसीको कुरा हो र म प्रजननका लागि सक्षम छु भन्ने प्रमाण पनि हो । किशोरावस्थामा महिनावारीका कारण कतिपय स्कुले किशोरीहरुले मनमा डर, चिन्ता तथा निरासा समेत लिनुपर्ने अवस्था आउनसक्छ र कतिपय अवस्थामा हिनताबोध समेत आउँछ । त्यसैले यस्तो अवस्थामा अभिभावकले आफ्ना छोरीहरुलाई विशेष ध्यान दिनुपर्ने र पाका महिलाहरुले ख्याल गर्नु आवश्यक हुन्छ । यो समयमा पर्याप्त सरसफाइ, उपयुक्त व्यायाम तथा सन्तुलित भोजन आवश्यक हुन्छ ।

धेरै महिलाहरुको महिनावारी गडबड हुने समस्या रहेको हुन्छ । बद्लिदो जिवनशैलीले पनि धेरै महिलाहरुको महिनावारीलाई अनियमित गर्दै लगेको पनि छ । यस्तो अवस्थामा धेरै महिलाहरुले औषधिको सेवन गर्ने गरेको पनि देखिन्छ । यो वाहेक धेरै महिलाहरुले महिनावारीलाई नियमित गर्न धेरै किसिमको उपचार पनि गरिरहेका हुन्छन् । यस्ता किसिमको विभिन्न उपचारले कतिपयलाई फाइदा पुर्‍याउछ भने कतिपयलाई नपुर्‍याईरहेको पनि हुन्छ ।

यसरी महिनावारी अनियमित हुने महिलाहरुले केही यस्ता खानेकुराहरु पनि रहेका छन् जसलाई सेवन गरेमा उनीहरुको महिनावारीको चक्र नियमित हुने देखिन्छ ।

 

माछाको सेवन

महिनावारी अनियमित हुने महिलाहरुले आफ्नो खानपिनमा माछालाई पनि समावेश गर्नुपर्छ । माछामा प्रोटिनको मात्रा अत्याधिक हुनेगर्छ । यो वाहेक माछामा हेल्दी फ्याट र ओमेगा थ्रि फ्याट्टि एसिड पनि हुने गर्छ । ओमेगा थ्रिले अनियमिततालाई कम गर्नुका साथै पिडा र शरीर सुन्निने समस्यालाई पनि समाधान गर्न सक्छ ।

हरियो धनियाँ

हरियो धनियाँको पात हामी खानेकुरालाई स्वादिष्ट बनाउन र खानेकुरालाई आकर्षक बनाउन मात्र प्रयोग गर्ने गर्छौ । यो वाहेक अचार खान पनि अत्याधिक प्रयोग हुने गरेको छ । धनियाँको हरियो पातको नियमित सेवनले पनि अनियमित महिनावारीको समस्यालाई धेरै हदसम्म समाधान गर्नेगर्छ । धनियाँको हरियो पातलाई पानीमा उमालेर त्यसवाट निस्किएको रसलाई पिउने गर्दा अनियमित महिनावारीको समस्यालाई धेरै नै कम गर्ने गरेको छ ।

मेवा

अनियमित महिनावारी भएका महिलाहरुले मेवाको सेवन गर्ने गर्नुपर्छ । यदि महिनावारीको समय कम भएको अवस्थामा मेवा उपयोगि फल मानिन्छ । अझ महिलाहरुले नियमित जसो मेवालाई खाने गरेमा महिनावारी लगायत धेरै किसिमका समस्याहरु समाधान हुनसक्छ ।

बेसार

हाम्रो स्वस्थ शरिरका लागि बेसारको महत्व धेरै नै रहेको छ । यदि कुनै महिलालाई अनियमित महिनावारीको समस्या रहेको छ भने उनीहरुले आफ्नो खानपिनमा बेसारको मात्रालाई बढाउनु राम्रो हुन्छ ।

 कहिले काँही विशेष कारणबस महिनावारी पछाडि औषधिको प्रयोग गर्ने गरिन्छ । औषधिको प्रयोग गरेर विभिन्न कामका लागि महिनावारी सार्दा स्वास्थ्यमा गम्भीर असर पर्ने डाक्टरहरु बताउँछन् । महिनावारी सार्न प्रयोग गरिने औषधिले स्वास्थ्यमा के कस्ता गम्भीर असर पार्छ त ?

यदि तपाईंले धेरैपटक महिनावारी सार्नको लागि औषधिको प्रयोग गर्नुभएको छ भने यसलाई समयमै राक्नुपर्छ । यसले महिनावारी चक्र अनियमित गराउँछ भने प्रजनन सम्बन्धी विभिन्न समस्याहरु पैदा गर्छ । त्यस्ता औषधिको सेवनले गर्भधानमा समेत समस्या आउन सक्छ । बाँझोपनको समस्या पनि निम्त्याउँछ ।

रक्तनलीमा रगत जम्ने खतरा
महिनावारी सार्न खाने औषधिले रक्तनलीमा रगत जम्ने खतरा हुनसक्छ । यसरी रक्तनलीमा रगत जमेर मुटु र मस्तिष्कसम्म पुग्ने पनि खतरा पैदा हुनसक्छ ।

धेरै रगत बग्नु
२० प्रतिशतभन्दा बढी महिलाहरुमा यो औषधिको सेवनपछि धेरै रगत बग्ने गर्छ । धेरै रगत बग्दा शरीरमा रगतको कमि भई रक्तअल्पताजस्ता रोगहरु लाग्न सक्छ ।

पखाला लाग्ने तथा पेटको दुखाई
औषधिको प्रयोगले पखाला लाग्ने तथा पेटमा दुखाइ हुने गर्छ । त्यति मात्र होइन योनीमा रक्तश्राव पनि हुनसक्छ ।