लकडाउनका कारण उत्पादित तरकारी बिक्री गर्न नपाउँदा बारीमा कुहियो

लकडाउनका कारण उत्पादित तरकारी बिक्री गर्न नपाउँदा बारीमा कुहियो

पाल्पा । लकडाउनका कारण उत्पादित तरकारी बिक्री गर्न नपाउँदा पाल्पाका ग्रामीण कृषक समस्यामा परेका छन् ।

स्थानीय तहले तरकारीको ढुवानीमा रोक लगाउँदा बजार नपाएर उनीहरुको तरकारी बिक्री हुन नसकेको हो ।

अहिले पाल्पाका रिब्दीकोट, छहरा, पालुङमैनाली लगायतका गाउँमा बन्दा, सिमी, गोलेभडा, काँक्रो, घिँरौला जस्ता तरकारी तथा फलफूल प्रशस्त उत्पादन भएको छ ।

सदरमुकाम तानसेन आसपासका केही स्थानीय तहले कृषकले उत्पादन गरेको तरकारी ढुवानीमा अनुदान दिएर बजारमा सस्तो मूल्यमा बिक्री गर्दै आएका छन् ।

तर गाउँमा पहँुच नहुने कतिपय कृषकको भने उत्पादित तरकारी बिक्री गर्ने व्यवस्था नहुँदा आफुहरु मर्कामा परेको गुनासो गरेका छन् ।