ठमेलमा व्यवसायीलाई ५० प्रतिशत घर भाडा छुट दिन घरधनी तयार

ठमेलमा व्यवसायीलाई ५० प्रतिशत घर भाडा छुट दिन घरधनी तयार

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका ठमेलमा व्यवसायीलाई ५० प्रतिशत घर भाडा छुट दिन घरधनी तयार भएका छन् । कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट दिन तयार भएका हुन् ।
आइतबार ठमेल पर्यटन विकास परिषद्मा परिषद्का उपाध्यक्ष तथा उपाध्यक्ष एवं घर भाडा समायोजन समितिका संयोजक भविश्वर शर्माले १ वर्षका लागि ५० प्रतिशतसम्म छुट हुने गरी अनुरोध पठाएको बताएका छन् । सबै घरधनीसँग संघसंस्थाले सम्झौता गर्न व्यवहारिक नभएकोले ११ वटा संस्थाको सामूहिक निर्णयका आधारमा सबै व्यवसायीले घरधनीसँग समझदारी गर्ने भएका छन् ।