१ बर्ष सम्म ठमेल लगाएतका घर धनीहरु र ब्यवसायीहरु दुवै पक्षलाई सहज हुने गरि win to win को अवधारणालाई

१ बर्ष सम्म ठमेल लगाएतका घर धनीहरु र ब्यवसायीहरु दुवै  पक्षलाई  सहज हु...

कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट गर्ने विषयमा छलफल भएको छ ।
छलफलमा लकडाउन शुरु भएको मिति २०७६/१२/११ गतेदेखि हाललाई कम्तीमा १ बर्ष सम्म ठमेल लगाएतका घर धनीहरु र ब्यवसायीहरु दुवै  पक्षलाई  सहज हुने गरि win to win को अवधारणालाई अवलम्बन गर्दै घर भाडाको ५०% छु दिन आग्रह गरेको छ।
कोरोनाका कारण पर्यटन व्यवसाय शून्यमा झरेकाले भाडा तिर्न गाह्रो भएको गुनासो व्यवसायीले पोखे।पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनीबीच ६ महिनादेखि १ वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी भएको छ ।

यतिबेला निकै चलायमान हुने ठमेल आजभोलि सुनसान जस्तै छ । होटल, रेस्टुरेन्ट, मनी एक्सचेन्ज, टे«किङ पसल र डिस्कोबाहिर घाँस उम्रिएको अवस्था छ । ठमेल क्षेत्रमा सञ्चालित करिब पाँच हजार पर्यटन व्यवसाय र घरधनीका सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्ने कार्य जारी रहेको परिषद्ले जनाएको छ ।

तथ्याङ्क सङ्कलनले आफ्नै घर तथा भाडामा व्यवसाय सञ्चालन गर्नेहरूको विवरण सार्वजनिक गर्न सजिलो हुनेछ । पर्यटन विकास परिषद्ले ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूका लागि न्यूनतम ब्याजदरमा सहुलियत, विद्युत्, खानेपानी र इन्टरनेटलगायतका शुल्क मिनाहा गरिदिन सरकारसँग माग गरेको छ ।

पर्यटनसँग सम्बन्धित कतिपय साना र मझौला खालका व्यापार व्यवसाय पलायन नै हुनुपर्ने अवस्था सिर्जना भएकाले त्यस्ता व्यवसायलाई जीवन्त राख्न आर्थिक सहयोग उपलब्ध गराउन परिषद्ले आग्रह गरेको जनाएको छ 
 
आज पत्रकार सम्मेलनमा ठमेलका विभिन्न  ब्यवसायी संघले कुरा राख्नुभएको थियो। ठमेल पर्यटन विकास परिषद्,  ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान), नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ र नेपाल एसोसिएशन अफ र्‍याफ्टीङ एजेन्सी, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ, टुरिष्ट बस एसोसिएशन अफ नेपाल, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल, नेपाल निर्यात परिषद्, विदेशी मुद्रा व्यवसायी सङ्घ नेपाल, कैलाश यात्रा सङ्घलगायत छन् ।