क्यूबिक ( KUBiC ) ले राष्ट्रव्यापी चित्रकला प्रतयोगिता गराउँदै , विज्ञान तथा प्रविधि मन्त्रालयलको साथ

क्यूबिक ( KUBiC ) ले राष्ट्रव्यापी चित्रकला प्रतयोगिता गराउँदै , विज्ञ...

काठमाण्डौ विश्व विद्यालय , बायोटेक्नोलोजी विभाग अन्तर्गतको KUBiC ( Kathmandu University Biotechnology Creatives ) समुहले राष्ट्रिय विज्ञान दिवस २०२० को उपलक्ष्यमा राष्ट्रव्यापी खुला चित्रकला प्रतियोगिताको आयोजना गरेको छ । यस  चित्रकला प्रतियोगितालाई विज्ञान तथा प्रविधि मन्त्रालयले समेत राष्ट्रिय विज्ञान दिवसको उपलक्ष्यमा मनाइने आफ्नो एक हप्ते कार्यक्रमहरुमा सूचीकृत गरेको छ ।
 
यस प्रतियोगिताको विषयवस्तु Biotechnology : Through your Eyes रहेको छ भने प्रतियोगिताको लागि आफ्नो चित्र सेप्टेम्बर १४ ( भाद्र २९ ) दिउँसो १२ बजे सम्ममा बुझाउन पर्ने छ । यस प्रतयोगिताको निर्णायकमा डा. हितेश कुमार भट्टराई ( सह प्राध्यापक - काठमाडौं विश्व विद्यालय ) र सहायक कर्मचार्य ( चित्रकार ) रहनुभएको छ। प्रतियोगिताको निर्णय २५ % सोसल मिडियामा सेयर र लाइकको आधारमा र ७५ % निर्णायक मण्डलले गर्नेछ ।

प्रतियोगिताको नतिजा सेप्टेम्बर १७ ( असोज १ ) गते राष्ट्रिय विज्ञान दिवसको दिन सार्वजनिक गरिने र उत्कृष्ट चित्रहरुलाई आफ्नो बार्षिक पत्रिकामा समेत समावेश गरिने कुरा KUBiC का अध्यक्ष सिर्जना श्रेष्ठले नेपाल रिपोर्ट्सलाई जानकारी दिनुभयो । प्रतियोगिताको विजेतालाई दिइने पुरस्कारको प्रायोजन ग्रीन हबले गरेको छ। ✍️ नेपाल रिपोर्टस संवाददाता उत्तम रिमाल

थप जानकारीको लागि तलको लिंकमा

Caption

जानुहोला https://www.facebook.com/100440318393494/posts/143295990774593/                                                             https://www.facebook.com/100440318393494/posts/139250741179118/?sfnsn=mo&extid=yiimLaJT6EcdFXqL