सवारी चालक अनुमति पत्र नवीकरण आइतबार देखि सुचारु हुने ।

सवारी चालक  अनुमति पत्र नवीकरण आइतबार देखि सुचारु हुने ।

काठमाडौं, २५ भदौ । आइतबारदेखि यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने कार्य सूचारु गर्ने यातायात कार्यालय ललितपुरले जनाएको छ । जारी गरिएको सूचनामा भनिएको छ, ‘मिति २०७७/०५/२८ गते आइतबारदेखि यस कार्यलयबाट प्रदान गरिने सवारी चालक अनुमति प्राप्त नवीकरण गर्ने कार्य सूचारु रहने साथै अन्य सेवाहरु अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकासित गरिएको छ। निषेधाज्ञाका कारण तीन सातादेखि सवारी चालक अनुमतिपत्र नवीकरण कार्य स्थगित थियो । यसका साथै, अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवाहरु स्थगित रहने पनि जानकारी गराइएको छ ।