केरा पाकेर बोटमै कुहिन बाध्य।

केरा पाकेर बोटमै कुहिन बाध्य।

विगत लामो समयदेखि देशमा लकडाउन भइरहँदा पनि केराको आयात भने रोकोएन। निरन्तर रुपमा भारतबाट केरा भित्रिरहँदा नेपालको केरा भने बोटमै कुहिरह्यो। नवलपरासीका किसानहरु आफ्नो केराले उचित बजार मुल्य नपाएकोमा निकै चिन्तित् छन्। दुइ हजार भन्दा बढी किसानहरु सम्लङ्न रहेको दुइ अर्ब मुल्य बराबरको केराको बिमा पनि नभएकोले किसानको मिहेनत खेर गएको छ।

नेपालमा कुनै पनि कुरा ब्यवस्थित ढङ्गमा नहुने भएकोले किसानलाई आफ्नो केराले उचित बजार मुल्य नपाउनुमा अचम्म लागेको छैन तर निकै दुख भने अवश्य छ। गत वर्ष एक हजार भन्दा बढी किसानहरु केरा खेतीमा सम्लङ्न थिए भने यो वर्ष केरा खेती गर्ने किसानको सङ्ख्या बढेर दुइ हजार भन्दा बढी पुगेको छ तर कठिन परिष्रम पछि जब फल टिप्ने समय आयो, भारतबाट भित्रिरहेको केराका कारण स्वदेशको केराले बजारसम्म पनि पुग्ने अवसर पाएन। केरा पाकेर बोटमै कुहिरह्यो। केरा खेतो गर्ने किसानहरु भने दुख व्यक्त गर्न बाहेक केही गर्न सकेका छैनन्।