साउदी अरब र दुबईमा नेपाल सरकार विरुद्द नेपालीको नारा

साउदी अरब र दुबईमा नेपाल सरकार विरुद्द नेपालीको नारा

विदेशमा रोजगारीका निम्ति गएका कैयौँ नेपालीहरु कोरोना माहामारीको समयमा अलपत्र परेका छन्। स्वदेश आउन चाहँने नेपालीले आर्थिक अभावका कारण आफ्नो देश फर्किन नपाएकोले विदेशमै नेपाल विरुद्द नारा गरेका छन्। नेपाल सरकारले नियमित उडान खुलाएर विदेशमा रहेका नेपालीलाई घर फर्काउने योजना बनाएको भने तापनि विमान टिकटको दाम निकै बढी भएकोले कोरोनाको समयमा रोजगारी पनि गुमाइसकेका नेपालीहरु नेपाल फर्किन कुनै पनि हालतमा सम्भव छैन।

साउदी अरबमा रहेका नेपालीले नेपाली दुतावास अगाडि प्रधानमन्त्री के.पी शर्मा वली र नेपाल सरकार विरुद्द चर्को नारा लगाएका छन्। गत भाद्र सोह्र गतेदेखि सरकारले नियमित उडान खुल्ने भने तापनि भाँडा दुई गुनाले बढेकोले नेपाल फर्किन नसक्ने कुरा विदेशमा रहेका नेपालीले बताएका छन्। दुबईमा पनि कैयौँ नेपालीले सरकारमाथि आक्रोश पोखेका छन्। टिकटको दाम पच्चीस सय रहेको र कम्पनीले हजार, बाह्र सय मात्र मिलाइदिने भनेकोले बाँकी रकम कहाँबाट ल्याउने भनी आवाज उठाएका छन्।

परिवार छोडेर भविष्य उज्यालो बनाउने सपना बोकी विदेशीएका नेपालीहरुको अवस्था निकै दुख लोग्दो बनेको छ। छ महिनादेखि रोजगार गुमाएर बसेका नेपालीलाई हात मुख जोड्न पनि अप्ठ्यारो भइरहेको छ। यस्तो बेला झन भाँडा महङ्गो भएपछि कसरी घर फर्किने भन्दै कडा आलोचना गर्दै छन्। विभिन्न भिडियो बनाई नेपालको सम्बन्धित निकायसम्स पुर्याउने कोसिस गरिरहेका छन् तर नेपाल सरकारले उनीहरुको आवाज सुनेको छ कि छैन भन्नै गाह्रो छ। सरकारले कुनै किसिमको प्रभावकारी कदम अघि बढाएको छैन्।