"एकै परिवारका तीन सदस्य मृत फेला"

एकै परिवारका तीन सदस्य मृत फेला

"एकै परिवारका तीन सदस्य मृत फेला"

भक्तपुरको निकोसेरा मध्यपुर ठिमि स्थित एकै परिवारका तीन सदस्य मृत अवस्थामा फेला परेका छन् । प्राप्त जानकारी अनुसार मृतक बाबु आमा र बच्चा हुन् । स्थानीयको खबरपछि अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले जानकारी दिए ।