"भक्तपुर घटना प्रकरणले लियो नयाँ रुप"

भक्तपुर घटना प्रकरणले लियो नयाँ रुप

"भक्तपुर घटना प्रकरणले लियो नयाँ रुप"

हिजो शुक्रवार साँझ भक्तपुर, मध्यपुर थिमि नगरपालिका – ९ निकोसेरामा एकै परिवारका तीन सदस्य सहित घरमा पालेको एक कुकुरको शव भेटियो। घटनास्थल नियालेपछि छिमेकी, जनप्रतिनिधि लगायतले घटना हत्या नै हो कि भन्ने अनुमान गरेका छन् । शवहरु गन्हाएर वरपर जानै नसकिने स्थिती भएको उनीहरुको भनाई छ ।

शुक्रवार राति पुगेको फरेन्सिक विज्ञसहितको टोलीले मृत अवस्थामा भेटिएकी सम्झना अधिकारी र छोरा सुशान्त अधिकारीको शवमा गहिरो चोटपटक लागेको जनाएको छ ।

फरेन्सिक विज्ञको भनाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार फरेन्सिक विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा आमा छोरा दुबैको टाउकोमा गहिरो चोट लागेको र उनीहरुको शव भएको स्थलमा रगतको आहाल देखिएको थियो ।

मृत अवस्थामा भेटिएका सुदीप अधिकारीले आफ्नो श्रीमती र छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तर विभिन्न कोणहरुबाट र घटनाको प्राविधिक पाटोबारे पनि अध्ययन भइरहेका कारण घटनाबारे अहिले नै यसै हो भन्न अझै नसकिने महानगरीय अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए।