म्यानमारका रोहिंग्या मुसलमानको ज्यान धरापमा

म्यानमारका रोहिंग्या मुसलमानको ज्यान धरापमा

म्यानमारका रोहिंग्या मुसलमानहरु समुद्री सरनार्थी हुन्। उनीहरुलाई म्यानमारले बास नदिएकोमा सरनार्थीका रुपमा डुङ्गा ,जहाज यात्रा गरी विभिन्न देशमा जाने गर्छन्। कोरोनाको समयमा पनि मलेसिया , इन्डोनेशिया , फिलिपिन्स जस्ता देशहरुमा खाना र बासका लागि यात्रा गरिरहेका छन्।

यु.एन.एस.सी.आर का अनुसार रोहिंग्या मुसलमानहरु भोकले छटपटाइरहेका छन्। बास र खानाको अभाव भएका यी मुसलमानहरुको स्वास्थ खतरामा परेको छ। यिनीहरु मध्य तीस जनाले ज्यान गुमाइसकेका छन् भने धेरैजनाको अवस्था निकै दयनिय रहेको छ।

खाना र बासको समस्या भएका यी मुसलमानहरुलाई मानव तस्करीमा लाग्नेले यातना दिन थालेका छन्। सरनार्थीको कमजोरीको फाइदा उठाएर उनीहरुलाई कुटपिट गर्ने र उनीहरुको स्वतन्त्रताको बापट ठुलो रकम माग्दै छन्। म्यानमारका यी मुसलमानका दयनिय अवस्था बारे म्यानमारले भने केही भनेको छैन।