इजरायलमा पुन लकडाउनको घोषणा

इजरायलमा पुन लकडाउनको घोषणा
विश्वभर प्रत्यक दिन अढाइ लाख मान्छे कोरोना भाइरसबाट सङ्क्रमित भइरहेका छन्। कोरोनाबाट निको हुने मानिसमा भने फोक्सो र मुटुको समस्या देखिएको छ। कोरोना सङ्क्रमित पनि दिन प्रतिदिन बढ्दै गएको र निको हुन सम्भव भए तापनि निको हुने मानिसमा फोक्सोका साथसाथै मुटुमा गम्भिर समस्या देखिने हुँदा इजरायलमा पुन लकडाउनको घोषणा गरिएको छ। लकडाउन खोलिए पछि सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढेकोले यसलाई नियन्त्रन गर्न लकडाउन बाहेक अरु बिकल्प नभएकोले लकडाउनको घोषणा गरिएको हो। यसबाट विश्वका अरु देशहरु पनि त्रसित भएका छन् र अन्य लकडाउन खुलाएका देशले पनि पुन लकडाउन गर्नु पर्ने हो कि भन्ने कुराको सङ्केत गर्छ।