लियो क्लब अफ काठमाडौँ अटल पिङ्गलास्थनको " बालबालिकाको साथ रमाइलो " कार्यक्रम सम्पन्न

कार्यक्रममा सय भन्दा बढी विद्यार्थीले कविता , नाच , नृत्य , हाजिरीजवाफ , चुट्किला आदि सुनाएर आफ्नो प्रतिभा देखाएका थिए

लियो क्लब अफ काठमाडौँ अटल पिङ्गलास्थनको " बालबालिकाको साथ रमाइलो " कार...

लियो क्लब अफ काठमाडौँ अटल पिङ्गलास्थनले आज राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा हेब्रन पब्लिक स्कुलका सय भन्दा बढी विद्यार्थीहरू बीचमा उनीहरूको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले " बालबालिकाको साथ रमाइलो " कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ। कार्यक्रमको समन्वय लियो श्रिजेश अधिकारीले गरेका हुन् ।

 

कार्यक्रममा थुप्रै विद्यार्थीले कविता , नाच , नृत्य , हाजिरीजवाफ , चुट्किला आदि सुनाएर आफ्नो प्रतिभा देखाएका थिए । सो कार्यक्रममा लियो जिल्ला परिषद ३२५ का विभिन्न पदाधिकारीहरुको समेत उपस्थिति थियो । 

 

यस कार्यक्रम जुम मिडियाको माध्यमबाट गरिएको थियो । कोरोनाको कारणले यो पटक भर्चुअल रुपमा कार्यक्रम गरिए पनि स्थिति ठीक हुदै गएपछि आउँदा दिनहरुमा विद्यालयमै गएर बालबालिका माझ प्रतिभा विकासका कार्यक्रम गरिने क्लबका उपाध्यक्ष प्रवेश कुमार कार्कीले नेपाल रिपोर्ट्सलाई जानकारी गराउनु भयो।