वुहान ल्याबमा कोरोना भाइरस बनेको भन्ने दावी बारे नयाँ रिपोर्ट सार्वजनिक , भन्छ ६ महिनामा सजिलै भाइरस बनाउन सकिन्छ

त्यस २६ पाना लामो रिसर्च पेपरमा कोभिड जिनोममा देखिएको असामान्य चिजहरुको व्याख्या गरिएको छ जुन यस भाइरसलाई प्राकृतिक भन्दा पनि प्रयोगशालामा बनाइएको भनेर गरिएको दावीको आधार बनेको हो ।

वुहान ल्याबमा कोरोना भाइरस बनेको भन्ने दावी बारे नयाँ रिपोर्ट सार्वजनि...

हङकङ स्कुल अफ पब्लिक हेल्थका पूर्व अनुसन्धानकर्ता डा. लि-मेंग यानले ओपन-एक्सेस रिपोजिटरी वेबसाइट जेनोटेमा सार्स-कोभ २ लाई कसरी ६ महिना लगाएर प्रयोगशालामा सजिलोसँग सिर्जना गर्न सकिन्छ भनेर देखाउने रिपोर्ट सार्वजनिक गरेकी हुन् ।

पहिल्यै देखि सार्स-कोभ २ लाई चीनको एउटा प्रयोगशालामा मानव निर्मित भएको आरोप लगाएकी चिनियाँ विषाणविज्ञानी लि ले सोमबार जारी गरेको रिपोर्टले उनको विस्फोटक दाबीलाई समर्थन गरेको छ।

दुई अन्य व्यक्तिहरू सँग मिलेर तयार गरिएको त्यस २६ पाना लामो रिसर्च पेपरमा कोभिड जिनोममा देखिएको असामान्य चिजहरुको व्याख्या गरिएको छ जुन यस भाइरसलाई प्राकृतिक भन्दा पनि प्रयोगशालामा बनाइएको भनेर गरिएको दावीको आधार बनेको हो ।

अमेरिकामा भाइरस बारे चेतना फैल्याउने भन्दै त्यहाँ पुगेकी उनी आफ्नो ज्यान जोगाउन भन्दै अहिले लुकेर बसेको छिन्। 

उनको रिपोर्ट तलको लिंकमा पढ्न सकिन्छ ।

for more info click here