कञ्चनपुरका फरार अपराधी ६ वर्षपछि पक्राउ

कञ्चनपुरका फरार अपराधी ६ वर्षपछि पक्राउ

          स्थानिय एक युवतीमाथि जबरजस्ती करणीपछि २०७१ साल देखि फरार २ अपराधीलाई सोमबार उनीहरूकै घरबाट पक्राउ गरिएको छ। यस पक्राउ बारे कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक अमर बहादुर थापा क्षत्रीले नेपाल रिपोर्ट्सलाई जानकरी दिनुभएको हो ।

          पक्राउ पर्नेमा पुनरबास नगरपालिका ११ का ३० वर्षीय चन्नु राना र सोही स्थानका २६ वर्षीय अनिल राना रहेका छन्। २०७१ साल फागुनदेखि फरार उनीहरुलाई कञ्चनपुर जिल्ला अदालतले २०७२ असार २८ गते नै एघार वर्षको कैद सजाय सुनाएको थियो ।