" गोलढुंगामा मोटरसाइकल चोरी बढ्दै "

" गोलढुंगामा मोटरसाइकल चोरी बढ्दै "

२०७७ असार २४ गते तारकेश्वर ५ गोलढुंगा निवासी प्रविन ढुंगानाले सदैव झैं आफ्नो बाइक घरमुनी पार्क गरेका थिए, भोलि पल्ट प्रयोजनका लागी भनेर बाइक हेर्दा चोरी भइसकेको थियो । पल्सर १५० गुमाएका उनले पुलिस प्रशासन सबै ट्राफिक मा समेत उजुरी दायर गरे तर मोटरसाइकल गुमाएको ३ महिना बितिसक्दा पनि केही अत्तोपत्तो छैन । बाइक चोरी गर्नेहरूले बाइकको पार्टपूर्जा छुट्याएर बेच्ने अथवा दुगर्म गाँउहरमा चोरीका बाइकहरू प्रयोजन का लागि रातारात पठाउने कारण पुलिसलाई पनि चोरी भएको साधन पत्ता लगाउन निकै नै गाह्रो हुने प्रविन ढुंगाना बताउँछन् ।

प्रविन ढुंगानाकै छिमेकी प्रकाश ढुंगानाले समेत २०७६ पुष ९ माआफ्नो पल्सर २०० गुमाएका थिए।

भर्खरै मात्र भाद्र ३१ गते राति धितालथोक निवासी प्रदिप धिताल ( यमाहा एफजेट १५) र अमृत खतिवडा ( हन्डा सिबिजेट१५०) को आफ्नै घरबाट बाइक चोरी भयो । पार्क गरेको अवस्थामा उक्त बाइक चोरी भएको थियो । पुलिस प्रशासनले आशा देखाएपनि मोटरसाइकल नभेट्टिने ठूलो सम्भावना रहेको स्थानिय युदेश खतिवडा बताउनु हुन्छ । सामाजिक सुरक्षा साथै व्यक्तिगत सुरक्षाकै कमीले गर्दा मोटरसाइकल चोरी कार्य वृद्धि भएको खतिवडाको दाबी छ ।

यि चारवटै मोटरसाइकल एउटै समुहले चोरेको हुन सक्ने गोलढुगां निवासीहरू बताउँछन् । भौगोलिक रूपले डाँडापाखा रहेको यस गोलढुगांका प्रत्येक घरमा निजी साधन लैजान सम्भव नभएको स्थानिय हरुको भनाइ छ । यसै कारण भोली आँउदो दिनहरुमा साधनहरु नहराउला भन्न सकिनन् भन्दै उनिहरूले गुनासो पोखेका छन् ।

(नेपाल रिपोर्टर्स सवांददाता: कोपिला ढुंगाना)