अष्ट्रेलियामा २०० पायलट ह्लेल किनारमा , ७० मृत

के ले व्हेललाई किनारतिर आकर्षित गर्‍यो भन्ने पत्ता लागेको छैन ।

अष्ट्रेलियामा २०० पायलट ह्लेल किनारमा , ७० मृत

अष्ट्रेलियाको ताजमानिया क्षेत्रमा सामूहिक रुपमा लगभग २७० पायलट ह्लेलले बाटो बिराएर समुन्द्री तटमा आइपुगेको सोमबार पत्ता लागेको थियो जसमध्ये ७० ह्लेल मृत फेला परेका हुन् । 

 

समुद्री जीवविज्ञानीहरूले बाँकी पायलट ह्वेलहरू बचाउनको लागि कम्तीमा केही दिन लाग्ने भन्दै अपरेसनमा छन्। के ले व्हेललाई किनारतिर आकर्षित गर्‍यो भन्ने पत्ता लागेको छैन । 

 

 यस क्षेत्रमा व्हेल समुद्री किनारहरू सामान्य हो , तर यस्तो ठूलो संख्यामा यस्तो हुनु भने असामान्य नै हो । २००९ मा करिव २०० व्हेल यस्तै भएका कुरा तस्मानियाको पछिल्लो पटक सामूहिक स्ट्रेन्डिंग रेकर्डमा हेर्न सकिन्छ।