अमेरिकाले नाघ्यो दुई लाख मृत्युको माइलस्टोन

अमेरिकाले नाघ्यो दुई लाख मृत्युको माइलस्टोन

जोन हपकिन्स विश्वविद्यालयले राखेको रेकर्डको आधारमा कोरोनाबाट अमेरिकामा २ लाख बढीको मृत्यु भएको हो । जनवरीमा पहिलो संक्रमण देखिएको अमेरिकामा मंगलबार सम्ममा दुई लाख मानिस मर्नुलाई सामान्य रूपमा हेरिएको छैन । अहिले पनि केही अमेरिकी राज्यहरूमा दर उच्च नै छ । कोरोनाको अमेरिकामा मात्रै ६.८ मिलियन बढी संक्रमित छन् र यो सङ्ख्या विश्वमा कुनै पनि देशमा रहेको संक्रमण मध्ये सबैभन्दा धेरै हो।