" बिन्धवासिनी युथ क्लबद्वारा घरेलु खेल मैदान निमार्ण हुँदै "

युवाहरू अत्याधुनिक परिवेशसँगै साक्षात्कार हुदैँ समाज र देश विकाशको लागि अहम् भूमिका खेल्छन्, यसकै ज्वलन्त उदाहरण हो काठ्माडौँ तारकेश्वर न.पा धितालचोक ५ मा अवस्थित बिन्धवासिनी युथ क्लब ।

बिन्धवासिनी युथ क्लवले आफ्नो स्थापना पश्चात् विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ।

 वर्तमान अवस्थामा तारकेश्वर न.पा गोलढुंगा वडाकार्यालयको प्रमुख पहल र बिन्धवासिनी युथ क्लबको मुख्य साझेदारीमा धितालचोक बिन्धवासिनी मन्दिर परिसर अन्तर्गतकै सार्वजनिक भूमिमा घरेलु मैदान बन्दै छ । उक्त मैदान हिजो देखी निमार्णमा आएको छ, वडाकार्यलयले क्लबलाई २ महिनाभित्र निमार्णकार्य सम्पन्न गर्नु भनेतापनी आफूले चाँहि सकेसम्म निर्माण कार्य तिव्र गतिमा अगाडि बढाई सकभर छिटो भन्दा छिटो घरेलु मैदान बनाउने र कार्यान्वयनमा ल्याउने योजना रहेको विन्धवासिनी युथ क्लवका अध्यक्ष निमेश धिताल बताउनुहुन्छ । यो एक सहभागितामूलक कार्य भएको र सो खेलमैदानको संरक्षण र संवर्द्धन गाँउको सम्पूर्ण युवाले नै गर्ने उहाँको भनाइ छ ।

धितालचोकका सम्पूर्ण खेलप्रेमीहरू आफ्नै घरेलु मैदान निर्माण हुन लागेमा धेरै खुसी भएको उहाँ बताउनुहुन्छ ।

( नेपाल रिपोटर्स संवाददाता: कोपिला ढुंगाना, गोलढुंगा काठ्माडौं )

तस्विर: रबिन धिताल