नेपालको भूभागमा चीनले भवनहरु बनाएको खबरको खण्डन

नेपालको भूभागमा चीनले भवनहरु बनाएको खबरको खण्डन

हुम्लाको लाप्चा स्थित नेपालको भूभागमा चीनले भवनहरु बनाएको भन्ने खबरको खण्डन भएको छ। नेपालको काठमाण्डौं स्थित चिनियाँ दूतावासले उक्त खबरको खण्डन गरेको हो। चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सकिने विज्ञप्ति निकाल्दै चिनियाँ दूतावासले चीन र नेपाल बीच कतै पनि सीमा विवाद नभएको जनाएको छ। 

हुम्लाको लाप्चामा चीनद्वारा भवनहरू बनाइएको खबर सार्वजनिक भएको थियो। हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरंजीवी गिरीको नेतृत्वमा गएको टोलीले उक्त स्थलको अध्ययन पछि भवनहरू चीनकै भूभागमा रहेको जानकारी दिएको छ।