"लियो मल्टिपल जिल्ला परिषद ३२५, नेपालद्वारा मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुँदै"

"लियो मल्टिपल जिल्ला परिषद ३२५, नेपालद्वारा मनोरञ्जनात्मक कार्यक्रम आय...

यश विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को कारणले गर्दा आम जनजीवन प्रभावित बनेको छ। आर्थिक, सामाजिक, शैक्षिक लगायत सम्पुर्ण क्षेत्रहरू अस्तव्यस्तको अवस्था रहेको छ। विगत लामो समय देखि मानिसहरु आआफ्ना घरमा होम क्वारेन्टाइनको रुपमा आफुलाइ आइसोलेट गरेको अवस्था छ।

तसर्थ ४ दिवार भित्र मात्रै सिमित रहेको यो अवस्थामा मानिसहरुमा नकारात्मक सोचहरु आइरहनुका साथै अधिकासं मानिसहरु एन्जाइटी, डिप्रेसनको सिकारपनि भएका छन्। सोही कुरालाई मनन गरि लियो जिल्ला परिषद ३२५, नेपालका मल्टिपल जिल्ला ( ए१, ए२, बि१, बि२ ) को सन्युक्त आयोजनामा भोलि शुक्रवार 'इट्स लाफ ओ' क्लक' ( It's Laugh o'clock ) आयोजना गरेको छ।

लगभग २० वटा लियो क्लबहरु मिलि आयोजना भएको यश कार्यक्रमको आकर्षणको केन्द्रविन्दु स्ट्यान्ड अप कमेडियन लेखमनि तृताल, युकेजी त्यसैगरी गायन तर्फ किरन थापा क्षेत्री, आयुश भण्डारी, श्रेया नेपाल र रोशन बर्तौला रहेका छन्। भोलि साँझ ७ बजेबाट हुने यश कार्यक्रममा सम्पुर्ण लियो तथा नन लियो महानुभावहरुलाई आमन्त्रित गरेको कुरा हामीलाई उक्त कार्यक्रमको कोर्डिनेटर लियो प्रविन लामिछानेज्युले बताउनुभयो।