नोकिया ८.३ 5G फोन लन्च भयो

नोकिया फोनको 5G फोन साथै अन्य विशेषता सगैँ रमाउनुहोस् ।

नोकिया ८.३ 5G फोन लन्च भयो

नोकिया फोन बनाउन अनुमती लिएको एचएमडि ग्लोबलले आफ्नो नयाँ फोन नोकिया८.३ 5G फोन लन्च गरेको छ । क्वाड रियर क्यामेरा रहेको उक्त फोन पोलार नाइट कलरमा रहेको छ भने फोनको सुरुवाती रकम ५९९ यूरो रहेको छ । कम्पनीले बताएअनुसार खरीदकर्ताहरूले १०० जीवी अनलाइन स्टोरेज सितैमा पाउनेछन ।

अफ्टा कोर क्वालकम प्रोसेसर सहित फुल एचडी रहेको उक्त फोनको ब्याट्री क्षमता 4500mAh र रिफ्रेस रेट 120GHz रहेको छ ।

कर्निङ गोरिल्ला ग्लासले टपअप रहेको सो फोन मा सिंगल अथवा डबल सिम प्रयोग गर्न सकिनेछ, 6GB/8GBRAM र 64GB/128GB इन्टर्नल स्टोरेज गरी दुई विशेष भेराइटीमा फोन उपलब्ध छ।