दशैँको मुखमा फेरि लकडाउन गर्ने सरकारको संकेत

दशैँको मुखमा फेरि लकडाउन गर्ने सरकारको संकेत

काठमाडौँ – नजीवन सामान्य बन्दै गर्दै सरकारले कोरोना संक्रमण नियन्त्रणका भन्दै पुनः लकडाउन गर्ने संकेत गरेको छ । विज्ञहरू भने लकडाउनलेमा समस्या समाधान नहुने भएकाले अन्य विकल्प सोच्न सुझाव दिन्छन् ।

निषेधाज्ञा खुकुलो भई जनजीवन सहज बन्दै गर्दा सरकारले दशैँको मुखमा फेरि लकडाउन गर्ने संकेत गरेको छ । बिहीवार कोरोना संक्रमितको सक्रिय संख्या करिब साढे १८ हजार पुग्दै गर्दा स्वास्थ्य मन्त्रालयले साता १० दिनमै २५ हजारभन्दा बढी पुग्ने अनुमान गरेको छ । सक्रिय संक्रमितको संख्या २५ नाघे व्यवस्थाापन गर्न कठिन हुने भन्दै मन्त्रालयले लकडाउन नै गर्नुपर्ने स्थिति आउने बताएको हो ।

कोरोना संक्रमण फैलिन शुरु गर्दै गर्दा गत चैतदेखि असारसम्म करिब चारमहिना लामो लकडाउन भएको थियो । रोगले भन्दा भोकले मर्ने स्थिति आएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले लकडाउन हटाएको थियो । लकडाउन हटेको केही समयमै संक्रमित र मृतकको संख्या बढेपछि काठमाडौँ उपत्यकालगायत धेरै स्थानमा निषेधाज्ञा जारी भयो । निषेधाज्ञाले पनि असर देखााउन नसकेपछि भदौको अन्त्यतिर खुकुलो हुँदै असोज एकदेखि सार्वजनिक यातायात र हवाइ उडान समेत खुला गरिएको छ । तर संक्रमितको संख्या बढ्दैगर्दा सरकारले लकडाउनकै सहारा लिने संकेत गरेको छ । विज्ञहरु भने सधैँ लकडाउन गरेर संक्रमण नियन्त्रण नआउने तर्क गर्छन् ।

संक्रमितको संख्या बढेको बहानामा सरकारले पटकपटक लकडाउन र निषेधाज्ञा जारी गर्दै आएको छ । जनजीवनमा अंकुश लगाउने तर सुरक्षा सतर्कता नअपनाउने प्रवृत्तिका कारण संक्रमणमा नियन्त्रणमा आउन नसकेको कुरा जगजाहेर नै छ । त्यसैले फेरि पनि लकडाउनकै सहारा लिने मनस्थितिबाट सरकार मुक्त हुनुपर्छ ।योहो खबर बाट