सिन्धुपालचोकमा १५ लाख बराबरको राहत वितरण

त्यस ठाउँमा लायन्स र नेपाली कांग्रेसका केही नेताहरु मिलेर राहत वितरण गरेका हुन् । उक्त सहयोग नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा बितरण गरिएको हो ।

सिन्धुपालचोकमा १५ लाख बराबरको राहत वितरण


 सिन्धुपाल्चोकको बारबिसे-७ सखुवामा गत हप्ता गएको पहिरोमा हराएका , मृत्यु भएकाका परिवार र घरबार घुमाउनेहरु गरेर ३१ परिवारलाई नेपाली कांग्रेस केन्द्रीय समितिका श्रमिक तथा ट्रेड युनियन बिभाग सदस्य , युवा नेता भगवान अधिकारीको समन्वयमा करीब १५ लाख बराबरको राहत बितरण भएको छ ।
 
उक्त सहयोग नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा बितरण गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका नेता अधिकारीले भने दिन दुखीको साथमा हातेमालो गर्दै ,कोरोना,बाढी पहिरो र असाय बीच पुग्नु आम सामाजिक ब्यक्तिको दायित्व हो भनेका छन् ।साथसाथै बाढी पहिरो ,बेपत्ता र मृतक परिवारको शोकमा समबेदना स्वरुप८४ परिवारका लागि म्याट्रेस,म्याट आदि  लगायत पुरुष ,बालबालिकाका लागि लत्ताकपडा अनि दाल चामललगायत खाध्यान्न समेत बितरण गरेको अधिकारीले जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ टेम्पल सिद्धिविनायक का अध्यक्ष सन्तोष सरिफ साथसाथै अमर नाथ सरिफ , त्रिजा ढकाल ,शोभा बानियाँ,राकेश महतो ,मुन्नी महतो शकुन्तला विष्ट , प्रनिमा वैद्य , दिबेश्वरी जोशी , अन्जु जोशी श्रेष्ठ , कमल नारायण प्रधान , उत्तम श्रेष्ठ , रिकेश मण्डल लगायतले हृदय बिदारक पहिरोले बेपत्ता र मृत्यु भएका परिवारमा सहयोग उपलब्ध गराएको हो । 

स्थानीय नेता इन्द्र केसी र विद्यार्थी नेता सुरज तिमल्सिनाले घटनास्थलमा खटेर राहत सामग्री बितरण गरेका छन् ।