"क्यालिफोर्नियामा नेपाली राइडरहरू उदाउँदै"

प्रकृतिको आनन्द आस्वादन गर्दै नेपाली पहिचानलाई विश्वभर उजागर गर्न हिम्मत र आँट सहित "नेपाली राइडर्स इन क्यालिफोर्निया" अघि बढिरहेको छ।

"क्यालिफोर्नियामा नेपाली राइडरहरू उदाउँदै"

नेपालको शानलाई टेवा पुर्‍याउने र विदेशमा उपलब्धिमुलुक काम गर्ने धेरै नेपालीहरू छन् । यसैको ज्वलन्त उदाहरण हो नेपाली राइडर्स इन क्यालिफोर्निया टिम । सन् २०१९ मा स्थापना भएको यो टिम 'राइड एब्रिडे राइड सेफ' नारासहित संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया मा रहेका विभिन्न क्षेत्रहरू/ प्राकृतिक सम्पदाहरुमा बाइक राइडिङ गर्दै आइरहेको छ ।

पूर्ण रुपमा अमेरिकाको सबै क्षेत्र तथा पर्यटकीय स्थानहरू बाइकबाटनै भ्रमण गर्ने लक्ष्य बोकेको उक्त टिम ले वर्तमान अवस्था सम्म उत्तर क्यालिफोनिया को करिब ६५% र निबाडाको १५% क्षेत्र भ्रमण गरिसकेको छ । प्रसिद्ध पर्यटकीय क्षेत्र ताहो ताल, मम्मोथ ताल, नर्थ प्यासिफिक कोष्ट र योसेमाइट राष्ट्रिय निकुञ्जको भ्रमण सहित आफ्नो टिम पुगेको विभिन्न क्षेत्रको भ्लग भिडियो नेपाली राइडर्स इन क्यालिफोर्निया को फेसबुक पेज साथै यूट्युब च्यानलमा (https://youtu.be/7AMj0dqdhFI) सजिलै पाउन सकिन्छ।

विभिन्न पर्यटकीय क्षेत्रहरू जानु र त्यहाँको प्राकृतिक सुन्दरताको अनुभूति साथै मानिसहरूको रहनसहन बारे बुझ्दै त्यहाँको सरकारले पर्यटन क्षेत्रमा कस्तो किसिमले योगदान पुर्‍याउँदै आएको छ यस विषयमा सन्देशमुलक चेतना सम्पूर्ण नेपालीहरूमा उजागर गर्ने ध्येय नेपाली राइडर्स इन व्यार्लिफोर्नियाको रहेको टिमका सुरुवाती अभियन्ता अमित पोख्रेल बताउनुहुन्छ ।

धेरै व्यक्तिहरूले सोचेझैं बाइक राइडिङ एउटा सोख मात्र नभएको र आफ्नो देशको अस्तित्व बढाउँदै लामबद्ध भएर सम्पूर्ण विदेशमा रहेका नेपालीहरूप्रति भाइचारा, माया र खुसीको जागृति सहित सम्पूर्ण विश्वमा एउटा छुट्टै किसिमको नाम राख्ने लक्ष्य उक्त अभियानले राखेको छ ।

टिममा निरन्तर रुपमा बबिन च्याम्लिङ, कुन्दम तिवारी, दिपुल अर्याल, सन्दिप ओझा, रितेश थापा, शुशिल ज्ञवाली र अर्जुन गौतमले राइडिङ गर्दै आइरहेका छन्। अमेरिकामा बस्ने जुनसुकै नेपाली पनि उक्त टिममा आबद्ध हुन सक्छन । यस टिमले विदेशमा नेपालीहरुद्वारा सञ्चालनमा आएका जुनसुकै कार्यहरू बारे समेत सन्देश फैलाउँछ।

आगामी दिनहरूमा नर्थ र साउथ अमेरिका सहित यूरोप हुदैँ अष्ट्रेलिया सम्म बाइकबाट नै भ्रमण गरेर नेपालको नाम उच्च राख्दै नेपालीले समेत केही गर्न सक्छन् है भनेर विश्वमै उदाहरणिय रुपमा आफूलाई पस्किने भिजन रहेको र आफुले चाह्यो भने जुनसुकै कुरापनि पूर्ति गर्न सकिने नेपाली राइडर्स इन क्यालिफोनियाका राइडर चन्द्रवंशी फुँयाल बताउनुहुन्छ ।

पछिल्लो समय केटिएम डुक ३९० कुदाउँदै आएका उनी विश्व भ्रमण नै पूर्ण रुपमा बाइकबाटै गर्ने सोच रहेको र यस्को लागि आफूलाई सबै नेपालीको साथ र मायाको आवश्यक पर्ने उनि बताँउछन् ।

विभिन्न स्थान भ्रमण गरेर त्यहाँ झल्किएको आधुनिक खेति, प्राविधिक पक्ष सहितको आर्थिक उतारचढाव आदिबारे शिक्षा र सन्देश हासिल गर्दै भविष्यमा गएर नेपाली राइडर्स इन क्यालिफोर्निया टिमले विश्वभर आफूले भ्रमण गरेका क्षेत्रहरू/ गाँउ आदिमा भएका आधुनिक प्रगति बारे नेपाली जनताहरूको लागि कृषि तथा पर्यटन उद्योग सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालनमा ल्याइ उपादकत्व वृद्धि गर्ने योजना बनाएको छ ।

तस्बिर: चन्द्रवंशी फुँयाल (क्यालिफोर्निया)