"इंग्लिस काराबाओ कप ; म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा प्रवेश"

"इंग्लिस काराबाओ कप ; म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा प्रवेश"

गएराति इंग्लिस काराबाओ कप अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकाल्दै क्वार्टरफाइनलमा प्रबेश गरेको छ । 

निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई ३–० गोलले पराजित गरेको हो । उक्त खेलको सिटीको जितका लागि स्टार्लिङले दुई गोल गरे  र फरान टोरेसले एक गोल गरे। 

उक्त खेलको ३५ औं मिनेटमा सिटीका स्टार्लिङले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा खेलको ४९ औैं मिनेटमा स्टार्लिङले नै अर्को गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । 

त्यसपछि खेलको ६५ औं मिनेटमा टोरेसले गोल गरी सिटीलाई जित दिलाए । जितसँगै सिटी काराबाओ कपको क्वार्टरफाइनलमा प्रबेश गरेको छ ।