काठमाडौंकाे कागेश्वरी-मनोहरामा पहिरो , गाइगोठमा नराम्रो क्षति

काठमाडौंकाे कागेश्वरी-मनोहरामा पहिरो , गाइगोठमा नराम्रो क्षति

अहिले ९ बजेर ११ मिनेट जाँदा काठमाडौंकाे कागेश्वरी मनहरा वडा नं ७ मा पहिरो गएको छ । पहिरोले त्यहाँको एक गाई गोठमा नराम्रो असर परेको छ । गोठमा रहेका ७ गाई मध्य एकको दुइटा खुट्टा भाँचिएको छ , एक गाई सकुसल छ भने अन्य गाईहरुको मृत्यु भएको छ भन्ने समाचार आएको छ । फर्म पूर्णरुपमा भत्किएको छ । घटनामा कुनैपनि मानविय क्षति भएको छैन ।

 

स्थानीयका अनुसार यस ठाउँमा पहिला असोज ९ गते रातको २ बजे पहिरो गएको थियो र अझै पनि पहिरोको उच्च जोखिम कायम छ ।

 

 

नेपाल रिपोर्ट्स संवाददाता प्रवेश कुमार कार्की