पाइन्ट भित्र कैंची छिराएर मिसलाई झिकाल्नुस भन्ने शिक्षक , कारबाही के त ???

एम.आर.आर. लगायत अन्य फेसबुक ग्रुपका युवायुवतीहरुले उक्त भिडियो नेपाल प्रहरीको फेसबुक अकाउन्टमा मेसेज गर्दै कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

पाइन्ट भित्र कैंची छिराएर मिसलाई झिकाल्नुस भन्ने शिक्षक , कारबाही के त...

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो र फोटो भाइरल भइरहेको छ । भिडियोमा विद्यालयको लाइब्रेरीमा कुर्सीमा बसेर आफ्नो पाइन्ट भित्र कैंची छिराएर एक जना शिक्षक भनिएका व्यक्ति लाइब्रेरीयन मिसलाई आफै झिकाल्नुस् भन्दै गरेको देखिन्छ । 

 

एम.आर.आर. लगायत अन्य फेसबुक ग्रुपका युवायुवतीहरुले उक्त भिडियो नेपाल प्रहरीको फेसबुक अकाउन्टमा मेसेज गर्दै कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

सम्पूर्ण शिक्षा क्षेत्रमाथिको कलंकको रूपमा लिन सकिने उक्त क्रियाकलापले शिक्षित बनेर मात्रै मान्छे असल नहुने कुरा देखाउँछ । यस्ता खराब मानसिकताका व्यक्ति बाट उनका विद्यार्थी , छिमेकी , दिदी बहिनी , एकै ठाउँ काम गर्नेहरु , सहपाठी लगायत सबै सबै कसरी सुरक्षित हुन सकिन्छ भन्ने प्रश्न चिन्न उठेको छ । 

 

देशभरमा बलात्कारका घटना बढिरहेका समयमा यस्तो भिडियो आउनुलाई सामान्य रुपमा नलिन र यस्तो क्रियाकलाप गर्ने अशिष्ट , समाजमाथिको दागलाई कडा भन्दा कडा सजाय दिन नेपाल रिपोर्ट्स टीम अपील गर्दछ।