डाक्टर केसीलाई जोगाउन सरकारलाई दमौलीका युवाहरुको खबरदारी

डाक्टर केसीलाई जोगाउन सरकारलाई दमौलीका युवाहरुको खबरदारी

 

चिकित्सा शिक्षामा सकारात्मक परिवर्तन गर्नु पर्छ र चिकित्सक गोविन्द केसीको जीवनरक्षा गरिनुपर्छ भन्ने माग राख्दै आज बिहान दमौलीमा युवाहरुले प्रदर्शन गरेका छन्। गत साता केसीको समर्थनमा अनशन समेत बसेका सागर घिमिरे र बिनोद सापकोटाले डाक्टर केसीको स्वास्थ्य अवस्था थप जटिल बन्न थाले पछि केसीको माग पुरा गराउन दबाब दिन कार्यक्रम गरिएको जानकारी दिएका हुन। दमौलीकाे ट्राफिक चोकमा प्रदर्शन गरेका युवाहरुले आफूहरु केसीको पक्षमा भएको भन्दै उनका माग पुरा गराउन सरकारलाई दबाब दिएका थिए ।

डा. के.सीको माग पुरा हुँदा सरकारले आफुले गरेको बाचा पुरा हुने अनी बल्ल सुखी नेपाली र सम्रिद्ध नेपाल हुन्छ भन्नेकुराहरुलाई जोड्दै डा. के.सी को मागलाई गम्भीर रुपमा लिनु पर्ने, सरकारले आफ्नो स्वार्थ नराखिकन आन्दोलनमा उत्रिएका केसीको माग पुरा गरेर चिकित्सा क्षेत्रमा सुधार गरिनुपर्ने आदि कुराहरू उठेका थिए । कार्यक्रममा सहभागी मध्यका गौरव पन्थ, मोहमद गफर, जोशन श्रेष्ठ लगायतले बोलेर आफ्नो विचार दिँदै डाक्टर केसी माथि समर्थन जनाएका थिए ।

सरकारले यसमा कुनै गम्भीरता नदेखाए सम्म आफूहरुको प्रदशन र खबरदारी जारी रहने कुरा कार्यक्रमको अन्त्यमा घिमिरेले बताएका थिए।