"परिचालित हुँदै BAMS को परीक्षा"

यस्तो विषम परिस्थितिमा अपर्झट परीक्षा गराउँदा विद्यार्थीको शैक्षिक गुणस्तरमा ह्रास नआउला भन्ने छैन ।

"परिचालित हुँदै BAMS को परीक्षा"

ब्याच्लर अफ आयुर्वेदिक मेडिसिन र सर्जरी को परीक्षा अक्टोबर १ देखिनै सञ्चालनमा आएको छ । स्वास्थ मापदण्ड र भौतिक दुरी कायम गराइ परिचालन गरिएको उक्त परीक्षामा सम्पूर्ण विद्यार्थीहरू परीक्षा दिन उपस्थित भइरहेका छन् । 

उक्त परीक्षाको परीक्षा केन्द्र भने पतञ्जली आयुर्वेदा मेडिकल कलेज तथा रिसर्च सेन्टर रहेको छ । BAMS एक वर्षको इन्टर्नसिप सहितको ५ वर्षे कोर्स हो जुन MBBS सँग इक्यूभ्यालेन्ट हुन्छ। यो आयूर्वेदाको डाक्टरी कोर्स हो।

वर्तमान समयमा उक्त कोर्सको दोस्रो श्रेणीको बोर्ड परीक्षा सञ्चालन भइरहेको छ । विद्यार्थीहरुलाई दोस्रो श्रेणीको परीक्षा पछि हुने भनेर तेस्रो श्रेणीका लागि अनलाइन पठनपाठन सुरु गराइएको थियो । अपर्झट परीक्षाको रुटिन आएको थियो ।करिब ७ महिना देखि शैक्षिक क्षेत्र ठप्प रहेको छ । यस्तो विषम परिस्थितिमा अपर्झट परीक्षा गराउँदा विद्यार्थीको शैक्षिक गुणस्तरमा ह्रास नआउला भन्ने छैन ।

तस्बिर: सुदर्शन धुन्गाना