"गायिका नेहा कक्कड र पंजाबी गायक/ अभिनेता रोहनप्रीत सिंह वैवाहिक बन्धनमा बाँधिदै"

"गायिका नेहा कक्कड र पंजाबी गायक/ अभिनेता रोहनप्रीत सिंह वैवाहिक बन्धन...

भारतीय चर्चित गायिका नेहा कक्कडले विबाहको तयारी गरेकी छिन् । नेहाले प्रेमी पंजाबी गायक र अभिनेता रोहनप्रीत सिंहसँग लगनगाँठो कस्ने तयारी गरेको भारतीय मिडियाले जनाएको छ । रोहनप्रीत रियलिटी शो राइजिंग स्टार २ का रनर – अप हुन् । उनी शो मुझसे शादी करोगेमा पनि देखा परेका थिए ।

यो जोडीले मुम्बईमा २४ अक्टोबरमा विवाह गर्ने तयारी गरेको बताइएको छ । दुवैले केहि दिनअघि सामाजिक सञ्जालमा आफुहरुको एक भिडियो पनि शेयर गरेसँगै उक्त तस्विर भाइरल बनेको छ । यसअघि हिमांश कोहलीसँग लामो समय प्रेम सम्बन्धमा रहेकी थिइन् ।