"सफल देखि सफलता सम्मको यात्रा"

"सफल देखि सफलता सम्मको यात्रा"

जीवनका सुनौला अवधारणाहरुलाई आत्मसात गर्दै आफ्नो व्यक्तिगत जीवनको एकरूपतालाई अत्यधिक उत्सर्जन गरेर आँट, साहस र भरोसा सहित परिश्रमको माध्यमबाट सफलता प्राप्ति गर्ने धेरै छन् ।

आफुमा भएका क्षमता अझ अभिवृद्धि गर्ने हेतुले विभिन्न क्षेत्रहरू र परिस्थिति नियाल्दै जीवनका लागि चरम सफलता पाएका छन् । यस्तै एउटा ज्वलन्त उदाहरण हुनुहुन्छ प्रवासी नेपाली पुष्कर भट्ट ।

नेपाली सिनेमा संसारमा खलनायकको भूमिका निर्वाह गर्दै दर्जनौँ हिट फिल्म दिनुहुने उहॉ एक सफल अभिनेता हुनुहुन्छ । उहाँ वर्तमान समयमा विश्वकै महंगा कार कम्पनिहरुमध्ये क्यानडा को लङ्ग्स म्यान किया कम्पनिको ब्राण्ड एम्बासडर घोषित हुनुभएको छ । यो प्रशंशनिय क्षण सम्पूर्ण नेपालीहरूकै लागि गौरवको विषय हो ।

एक सफल व्यक्ति अझै मेहेनतका बाटोहरू पछ्‌याउँदै समयप्रतिको उच्च सचेतनाको उजागर सहित गौरवपूर्ण सफलता हासिल गर्नुहुने उहाँ नेपालको कन्चनपुरको एक विकट गाँउमा जन्मनुभएको हो।

आठ वर्षकै उमेरमा बुवा गुमाएपछि उहाँको जीवनमा सङ्घर्षका अस्त्र प्रहार भए, समय कष्टकर बन्यो, जिन्दगीका कयौं समस्याहरूको दलदलमा भासिएतापनि उहाँले कहिल्यै हार मान्नुभएन । श्रमले विपन्नताको खाडल पुर्छ अनि जीवन जीउन सिकाँउछ । जीवन लाई सार्थक तुल्याउन श्रमकै क्रममा उहाँ भारत लगाएत खाडि मुलुकमा समेत पुग्नुभयो । आफ्नो आगतलाई स्वर्णिम बनाउदैं अगाडि बढ्नुभएका उहाँले आफ्नो एक्टिङ करियर भने तिस वर्षको उमेरबाट सुरु गर्नुभएको थियो।

विगत ५ वर्षदेखी क्यानडालाई आफ्नो कर्मभूमि बनाउनुभएका उहाँ अन्तराष्ट्रिय रुपमा उक्त प्रसिद्ध कार कम्पनिको एम्बासडर हुने पहिलो नेपाली हुनुहुन्छ जुन विषयवस्तु सम्पूर्ण नेपालीका लागि एउटा प्रेरणाको स्रोत पनि हो। किया मोटरको ट्रेन्ड इन्भिटेसनमा अतिथि का रूपमा पुग्नुभएका उहाँ नेपाली अभिनेता भन्ने जानकारी पाएपछि किया कम्पनिका जेनेरल म्यानेजर इम्मानोएल स्टेटिगियोले उहाँलाई सो अवसर प्रदान गरेका हुन् ।

ब्राण्ड एम्बासडर को रुपमा उहाँले अब आउने दिनहरूमा टेलिभिजन, होडिङ बोड, पत्रपत्रिका,रेडियो आदि माध्यम द्वारा किया मोटरको प्रचारप्रसारमा आफुलाई व्यतित गराउनुहुनेछ ।

विरासत, हिम्मतवाली, ब्रेक फेल, भट्ट जस्ता सिनेमामा खलनायकको भूमिका निर्वाह गरिसक्नु भएको उहाँले विभिन्न विधामा अर्वाड समेत हासिल गर्नुभैसक्यो । उहाँले धेरै स्टेज कार्यक्रमहरुमा पनि आफुलाई सरिक गराउनु भैसक्यो । भोजपुरी सिनेमा जगतमा समेत उहाँले आफुलाई योगदान पुर्‍याउनु भएको छ ।

नेपालमै छदाँ पनि विभिन्न सामाजिक संस्थाहरुसंग जोडिएर उहाँले समाजसेवामा पनि उल्लेखनिय योगदान दिनुभएको छ । वर्तमान समयमा पनि लायन्स क्लब अफ ग्रेटर टोरोन्टो एरिया सँग सदस्यको रुपमा सम्बन्ध स्थापना गरेर उहाँ समाजसेवामा आफ्नो समय खर्चिदैँ आइरहनु भएको छ ।

श्रम र मेहेनत गर्नेहरु अथक हुन्छन्; जुनसुकै श्रमको पनि कदर गर्नुपर्छ है भन्ने मान्यता राख्नुहुने उहाँ होटेल क्षेत्रको फुड एण्ड बिभरेज पक्षमा निकै नै जानकार हुनुहुन्छ । नेपालमा छदाँ उँहाले आफ्नै रेष्टुरेन्ट सञ्चालन गर्नुहुन्थ्यो, यसका साथै आफ्नै प्रोडक्सन हाउसमा र आर्ट एकेडेमीमा आफूलाई खटाउनु भएको थियो । २०७२ सालको भुकम्प पश्चात् यि क्षेत्रहरूमा असर पुगेपछि उहाँ केही समय विचलित हुनुभयो र उहाँको जीवनमा थप सङ्घर्ष थपिए । चुनौति र सङ्घारहरू उघार्दै दिव्य दानाहरू जुटाउन लागि पर्नुभयो ।

 परिस्थिति संगसगैँ उहाँको क्यानडा यात्रा सुरु भयो। त्यस बखतको उँहाको समय अतुलनिय र अपार थियो, सङ्घर्ष पूर्ण थियो।

भविष्यको स्वर्णिम अवसरलाई पछ्‌याउँदै क्यानडा सम्मको यात्राद्वारा उहाँ अन्तराष्ट्रिय जगतमा आफ्नो र आफ्नो जन्मभूमि नेपालको किर्ति राख्न सफल हुनुभएको छ । यो हामि सम्पूर्णका लागि विशेष गौरव हो।

आत्मविश्वास, महेनत र समर्पणमा विश्वास राख्नुहुने उहाँ परिवर्तन र विकाश सम्भव छ भन्ने यथार्थ बोक्नुभएका एक प्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ l

मेहेनत र धैर्यताले जीवनलाई गतिशील तुल्याउछ र ऑटियो भने जीवनमा विभिन्न कार्यहरू गर्न सकिने उहाँ बताउनु हुन्छ।

अब उहाँको भविष्यको योजना भने आफुलाई समाजसेवामै खर्चिनु हो । देशको माया अपार छ र देशकै नाम उच्च गराउने उद्देश्यले आफू सदैव अघि बढ्ने विश्वास उहाँ दर्शाउनुहुन्छ ।

          - कोपिला ढुगांना