"भारतको लोक जनशक्ति पार्टीका संस्थापक राम भिलास पास्वानको देहान्त"

"भारतको लोक जनशक्ति पार्टीका संस्थापक राम भिलास पास्वानको देहान्त"

भारतको युनियन मन्त्री, बिहारमा रहेका दलित वासीहरुको नेतृत्व एवं लोक जनशक्ति पार्टीका संस्थापक समेत रहेका राम भिलास पास्वानको ७४ वर्षको उमेरमा हिजो देहान्त भएको छ।

मुटुको शल्यक्रिया गरेका उनी विगत केही साता यता अस्पतालमा भर्ना भएका थिए। पास्वानको मृत्युको खबर उनका छोरा चिरागले ट्विट मार्फत जानकारी दिएका थिए। मन्त्री पास्वान पाँच दशकको भन्दा लामो राजनीतिक छवि रहेको छ। भारतका राष्ट्रपती रामनाथ कोबिन्द, प्रधानमन्त्री मोदि लगायतका वरिष्ठ नेताहरूले आफ्नो सामाजिक संजाल मार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्।

नेता राम भिलासको सम्झनामा राष्ट्रपति रामनाथले ट्विट गरेका छन्;
"In the demise of Union Minister Ram Vilas Paswan, the nation has lost a visionary leader. He was among the most active and longest-serving members of parliament. He was the voice of the oppressed and championed the cause of the marginalized."