"१९ वर्षिया स्विटेकले जितिन ग्राण्ड स्लाम"

"१९ वर्षिया स्विटेकले जितिन ग्राण्ड स्लाम"

असोज २५, काठमाडौं। पोल्यान्डका युवा खेलाडी इगा स्विटेकले फ्रेन्च ओपनको उपाधि जितेकी छिन्। १९ वर्षिया स्विटेकले अमेरिकाकी सोफिया केनिनलाई २–० को सोझो सेटमा हराउँदै उपाधि जितेकी हुन्। 

जुनियर विम्बल्डन विजेता स्विटेक फ्रेन्च ओपनको उपाधि जित्ने सबभन्दा कम वरियाताको खेलाडी बनेकी छिन्। यससँगै विश्व वरियाताको ५४औं स्थानमा रहेकी स्विटेकले फ्रेन्च ओपनमा इतिहास रच्न सफल भएकी छिन्। 

स्विटेकले चौथो वरियाताप्राप्त केनिनलाई ६–४, ६–१ को सेटमा हराउँदै उपाधि पक्का गरेकी हुन्। 

यो उपाधिसँगै स्विटेक एकल ग्राण्ड स्लाम उपाधि जित्ने पोल्यान्डको पहिलो खेलाडी बनेकी छिन्। सन् १९९२ मा कोउप सुजानी लेङलेनपछि स्विटेक फ्रेन्च ओपनको उपाधि जित्ने कान्छी खेलाडी बनेकी छिन्।