लिभरपुलका चर्चित खेलाडी माने र अलसान्तारा संक्रमणमुक्त, प्रशिक्षणमा फर्किए

लिभरपुलका चर्चित खेलाडी माने र अलसान्तारा संक्रमणमुक्त, प्रशिक्षणमा फर...

२७ असोज, काठमाडौ । लिभरपुलका स्टार फरवार्ड साडियो माने र मिडफिल्डर थियागो अलसान्तारा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

संक्रमणमुक्त भएसँगै यी दुवै खेलाडी सोमबारदेखि क्लबको प्रशिक्षणमा समेत फर्किएका छन् । कोरोना संक्रमणका कारण यी दुई खेलाडीले अन्तर्राष्ट्रिय ब्रेक हुनुअघिको दुई खेल गुमाएका थिए । उनीहरुले सरकारको नियमको पालना गर्दै १० दिनभन्दा बढी सेल्फ आइसोलेसनमा बसेका थिए ।

यसै समरमा जर्मन क्लब बायर्न म्युनिखबाट लिभरपुल आएका अलसान्ताराले आर्सनल र एस्टन भिल्लाविरुद्धको खेल गुमाएका थिए भने लिभरपुलले एस्टन भिल्लासँग ७–२ को लज्जास्पद हार व्यहोरेको खेल मानेले गुमाएका थिए ।

यी दुई खेलाडी १० दिन आइसोलेसनमा बसेपछिको अर्काे स्वाब संकलनमा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । यसैबीच माने र अलसान्तारा कोरोना संक्रमणमुक्त हुदा लिभरपुलका अर्का खेलाडी नेबी केइतालाई भने कोरोना संक्रमण पुष्टि भएको छ । गिनिया राष्‍ट्रिय टोलीमा रहेका उनी आइसोलेसनमा बसेका छन् ।