नेसन्स लिग ; जर्मनी र स्विट्जरल्याण्ड बराबरी

नेसन्स लिग ; जर्मनी र स्विट्जरल्याण्ड बराबरी

२८ असोज, काठमाडौ। नेसन्स लिग फुटबलमा जर्मनी स्विट्जरल्याण्डसंग बराबरीमा रोकिएको छ । मंगलबार राति जर्मनीले स्विट्जरल्याण्डसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

टिमो वार्नर र काइ हाभर्ट्जले जर्मनीका लागि बराबरी भएको खेलमा गोल गरेका थिए । चेल्सीका दुवै खेलाडीले घरेलु टोलीलाई बराबरीमा ल्याउन गोल गरेका थिए । जर्मन क्लब बायर्न म्युनिखका सर्ज ग्याब्रीले जर्मनीका लागि एक गोल थपे ।

खेलमा दुई पटक अग्रता लिए पनि अन्तिममा १० खेलाडीमा सीमित बनेको स्विट्जरल्याण्डले अंक बाँड्न बाध्य भयो । स्विट्जरल्याण्डका गभरानोविचले दुई तथा फ्रियूलरले एक गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । तालिकाको पुछारमा रहेको स्विस टोलीको मात्र २ अंक छ । जर्मनी दोस्रो स्थानमा छ ।