तनहुँ जिल्ला स्तरीय नेपाल मार्शल आर्टस हाप्किडो संघ गठन

संघको तनहुँ कार्यसमिताको अध्यक्षमा केहर सिंह आले चयन भएका छन्। उक्त भेलाले आलेको अध्यक्षतामा ८ सदस्यिय तनहुँ जिल्ला स्तरीय नेपाल मार्शल आर्टस हाप्किडो संघ गठन गरेकाे हाे।

तनहुँ जिल्ला स्तरीय नेपाल मार्शल आर्टस हाप्किडो संघ गठन

नेपाल मार्शल हाप्किडो संघका केन्द्रिय अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्तीमगरको प्रमुख आतिथ्यता र नेपाल मार्शल आर्ट्स हाप्किडो संघ गण्डकी प्रदेशका उपाध्यक्ष तारामाया थापामगर को अध्यक्षतामा असोज २९ गते तनहुँमा नेपाल मार्शल आर्टस हाप्किडो संघ तनहुँको कार्यसमिती गठन भएको छ । संघको तनहुँ कार्यसमिताको अध्यक्षमा केहर सिंह आले चयन भएका छन्। उक्त भेलाले आलेको अध्यक्षतामा ८ सदस्यिय तनहुँ जिल्ला स्तरीय नेपाल मार्शल आर्टस हाप्किडो संघ गठन गरेकाे हाे।  

 

भेलाले संघको उपाध्यक्षमा नर माया आले, एच वि मगर, सचिवमा सरोज बस्नेत र कोषाध्यक्षमा वीर बहादुर दरै चयन गरेको छ । नवगठित समितिको सदस्यहरुमा राजेन्द्र घर्ती, अरुण कुमार थापा, कर्ण श्रेष्ठ रेहका छन् ।

 

 

चेतना जागरण, रोजगारी, ब्यवसायीकरण, साकारत्मक परिवर्तन तथा बिकासको लागि खेल तथा यस संघले खेलको मार्फतको रोजगारीका साथै आर्थिक बिपन्नलाई पनि जोडी सेवा सुविधा प्रदान गर्दै शहर सङ्सङै गाउमुखी भएर जानी कुरालाई जोडदिदै कार्यक्रममा प्रमुख अतिथी काली बहादुर घर्तीमगरले आफ्नो भनाइ राखेका हुन । कार्यक्रमका विशिस्ट अतिथि बसुन्धारा घर्तीले पनि जीवनको लागि खेल महत्त्वपूर्ण रहेको भन्दै आफ्नो बिचार रकेक हुन।  

 

उक्त संघले स्वास्थ्य, योग्य, सक्षम र सबल खेलाडी बनाउने तथा उत्पादन गर्ने लक्ष्य राखेको कार्यक्रमका अध्यक्ष तारामाया थापामगरले जानकारी दिनुभयो ।