बिश्व हिन्दु युवा संघले विभिन्न जिल्लामा जिल्ला अध्यक्ष चुन्यो , स्याङ्जामा छानिए नवराज पौडेल

बिश्व हिन्दु युवा संघले विभिन्न जिल्लामा जिल्ला अध्यक्ष चुन्यो , स्याङ...

बिश्व हिन्दु युवा संघले विभिन्न जिल्ला अध्यक्षहरुको नामहरु टुंगाएको छ।संघका केन्द्रिय अध्यक्ष ऋषिकेश जङ शाहले अध्यक्ष शाहले आज एक प्रेस बिज्ञप्ति जारी विभिन्न जिल्लाका अध्यक्षहरुलाई मनोनित गरेका हुन् । स्याङ्जाको अध्यक्षमा नबराज पौडेल सँगसँगै कैलालीको अध्यक्षमा दिनेश कलेल, डडेल्धुराको अध्यक्षमा मनमोहन पान्डे, बाकेको अध्यक्षमा सुरज राज मल्ल, बर्दियाको अध्यक्षमा निर्मल शाह, सुर्खेतको अध्यक्षमा सगर शाही, हुम्लाको अध्यक्षमा अमर बुढा, रुपन्देहीको अध्यक्षमा शिव मल्ल, दाङको अध्यक्ष दिनेश जंग शाह, नवलपुरको अध्यक्षमा लक्ष्मण रिजाल, चितवनको अध्यक्षमा घनश्याम पौडेल, काठमाडौंको अध्यक्षमा प्रनिश जंग शाह, ललितपुरको अध्यक्षमा सागर अमात्य, स्याङ्जा अध्यक्षमा नवराज पौडेल, महोत्तरीको अध्यक्षमा कमल हमाल, सप्तरीको अध्यक्षमा अर्जुन यादव,कालिकोटको अध्यक्षमा नेत्र देवकोटालाई मनोनीत गरिएको छ। संघका अध्यक्ष शाहले आजै केही केन्द्रिय सदस्य पनि मनोनीत गर्नु भएको छ। 

 

त्यस्तै बिश्व हिन्दु युवा संघ स्याङ्जाको अध्यक्षमा नबराज पौडेललाई संघका केन्द्रिय अध्यक्ष ऋषिकेश जङ शाहले मनोनित गरेका छ्न।

 

पौडेल विभिन्न सामाजिक कामहरुमा संलग्न हुनुहुन्छ। उहा नेपाली काङ्ग्रेसको भातृ सङठन नेविसंघमा क्रियाशील भई समाजमा थुप्रै कार्यहरु गर्दै समाज सेवा गर्दै आइरहनु भएको र पूर्वीय दर्शनको धेरै महत्त्वपूर्ण भएको हुनाले स्याङ्जामा थप प्रचार गरी, नरहरीनाथले देखाएको कुरा र मौलिकतालाई बिर्सन नहुने कुरा जनता माझ लैजाने कुराको आशा राख्न सकिन्छ ।