सांसद पाल आईसीयूमा भर्ना

उनलाई श्वासप्रश्वासमा कठिनाइ र सुख्खाखोकी देखा परेको छ। अब उनको उपचार भने प्लाज्मा थेरापीबाट गराइने बताइएको छ।

सांसद पाल आईसीयूमा भर्ना

निरुदेवी पाल(नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद) लाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।

उनी आफ्नो घर महेन्द्रनगर पुगेकै दिन संक्रमित भएकी थिइन। 

 महाकाली अस्पतालमा सङ्क्रमण हुने बित्तिकै भर्ना भएकी उनको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको हो। उनलाई श्वासप्रश्वासमा कठिनाइ र सुख्खाखोकी देखा परेको छ।

अब उनको उपचार भने प्लाज्मा थेरापीबाट गराइने बताइएको छ।