कन्चना देउराली युबा क्लबलाई लामाको सहयोग

कन्चना देउराली युबा क्लबलाई लामाको सहयोग

 समाजसेवी श्री जगत लामा द्वारा कन्चना देउराली युबा क्लबलाई फुटबलको लागि प्रयोग गरिने २७ जोर जर्सी तथा खेलकुद सामग्री क्लबको सहसचिब प्रशन्न थिङ्गलाई काठमाडौको स्वयम्भुमा हस्तान्तरण गर्नुभएको छ । उहाँले एक हप्ता अगाडि मात्रै देउराली बजार प्रबेशद्दार गेट निर्माणको लागि भनेर रु १०,००० पनि क्लब को उपाध्यक्ष सन्तराम मोक्तनलाई हस्तान्तरण गर्नुभएको थियो ।

क्लबमा सक्रिय युबाहरुकाे आशको धरोहर जगत लामा प्रती धेरै नै धन्यवाद दिँदै अझै धेरै सहयोगको आशा रहेको कुरा कन्चना देउराली युबा क्लबका कोषध्यक्ष प्रदिप नेपालले बताउनु भयो ।