२७ जनामा एकैपटक कोरोना

संक्रमितहरु प्रायः सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

२७ जनामा एकैपटक कोरोना

रसुवाको कालिका गाउँपालिकामा एकैपटक २७ जनामा एकैपटक कोरोना पोजेटिभ देखिएको छ । सोमबार गरिएको १४१ जनाको स्वाब परीक्षणका क्रममा २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको थियो।

रसुवाको कालिका गाउँपालिकाले विभिन्न मितिमा ७ सय जनाभन्दा धेरैको संख्या कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको थियो । संकलित ७ सय स्वाबमध्ये ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसैगरी संक्रिय संक्रमितको संख्या भने ३५ जना रहेको गाउँपालिकाले जनाएको छ । संक्रमितहरु प्रायः सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।