पोखरामा प्याराग्लाडिङ सुरु भयो

पोखरामा प्याराग्लाइडिङका ६० वटा कम्पनी छन् । ३५० जना प्यारापाइलट छन् भने करीब एक अर्बको लगानी यस क्षेत्रमा रहेको छ ।

पोखरामा प्याराग्लाडिङ सुरु भयो

पोखरा । 

लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन् ।

साहसिक खेल प्याराग्लाडिङको व्यावसायिक उडान शुरु भएसँगै पोखरेली र आसपास जिल्लाका आन्तरिक पर्यटकहरु पोखराको आकाशमा उड्न थालेका हुन् ।

केही दिनअघि मात्रै प्याराग्लाडिङबाट पोखराका आसपासका हिमशृङ्खला तालतलैयाको दृश्वालोकन गरेको छ । सबैलाई गजब आनन्द लाग्यो, अन्य उडानबाट आकाशमा उड्नु र प्याराग्लाडिङबाट उड्नुमा धेरै फरक रहेछ, नजीकबाट प्रकृतिको स्वच्छ अवलोकनले निकै ‘फ्रेस’ बनाईराखेको छ । लामो समयको बन्दाबन्दी र सधँै एउटै दिनचर्याबाट केही टाढा लाक्पा जीसँगको आकाशको सफर सबैका लागि सदा स्मरणीय रहनेछ ।

 ‘कोभिड–१९ का कारण घरमै बस्नुपर्दा निकै दिक्क लागेको थियो । लामो समय भयो कहीँ कतै घुम्न जान पाएको हुन्थ्यो जस्तो लाग्नेहरुका लागि पोखराले आन्नद दिन्छ होला , प्याराग्लाइडिङ खुलेसँगै आकाशमा उड्नहरु निक्कै रमाइलो र निकै डर लगे जस्तो देखिन्थे पछि बिस्तारै चरा जस्तै बनेर फेवाताल र वरिपरिको सुन्दर दृश्यको मज्जा लिदै जमीनमा झर्न नपरे हुन्थ्योजस्तो लाग्नेहरु धेरै थिए। धेरै का लागि जीवनको पहिलो साहसिक खेलको अनुभव सुनाउँदै थिए र धेरैले अन्य साहसिक खेल खेल्न पनि आफूलाई थप ऊर्जा मिलेको बताए ।

 कोभिड–१९ पछि शुरु भएको व्यावसायिक उडानले केही आशा जगाएको बताउछन् । अघिल्लो वर्ष पोखराका सराङकोटबाट चारपाँच सय उडान हुन्थ्यो, यो मौसम प्यारापाइलटहरुका लागि साँच्चै दशैँ हो तर अहिले मुस्किलले फाट्टफुट्ट पर्यटक देख्दा पनि खुशी हुन थालेका छन्। 

पोखरामा लामो समय बन्द रहेको प्याराग्लाइडिङ असोज १५ देखि व्यावसायिक उडान शुरु भएको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । ‘अघिपछि यो मौसममा आकाशभरि प्याराग्लाइडिङ उडानले छपक्कै हुन्थ्यो, हेर्दा पनि निकै आनन्द लाग्थ्यो, तर अहिले आन्तरिक केही पर्यटकमात्र उडेका छन् । लामो समयपछि शुरु भएको व्यावसायिक उडान केही आशा भने जगाएको छ’, भण्डारीले भने ।

पोखरा र आसपासबाट साहसिक खेलमा रुचि राख्नेहरु प्याराग्लाइडिङका लागि पोखरा आउन थालेको उनको भनाइ छ । उनका अनुसार अहिले सहुलियत रुपमा प्याराग्लाइडिङ उडान गरिएको छ । पहिले सात हजार ५०० मा हुने उडान अहिले तीन हजार ५०० देखि माथि सम्ममा पोखराको आकाशमा उड्न पाइनेछ । उनले यसअघि दैनिक करीब पाँच उडान हुने गरेको र बन्दाबन्दीपछि दैनिक एक सयदेखि १५० उडान हुन थालेको जानकारी दिए । पोखरामा प्याराग्लाइडिङका ६० वटा कम्पनी छन् । ३५० जना प्यारापाइलट छन् भने करीब एक अर्बको लगानी यस क्षेत्रमा रहेको छ ।