क्लाउड-स्ट्रिमका खतरा खेलहरू अब फेसबुक गेम्समा

क्लाउड-स्ट्रिमका खतरा खेलहरू अब फेसबुक गेम्समा

भर्खरै फेसबुकले फेसबुक एप र ब्राउजरमा कुनै डाउनलोड बिना तत्काल नै क्लाउड-स्ट्रिम खेलहरू खेल्न मिल्ने बनाएको छ । 

 

 हालसालै सीमित क्षेत्रहरूमा प्रति हप्ता २००,००० मानिसहरू क्लाउड-स्ट्रिम खेलहरू खेलिरहेका थिए, अब फेसबुकमा पनि ती राम्रा राम्रा खेलहरु खेल्न मिल्नेछ । 

 

कुनै पैसा नतिरी सित्तैमा खेल्न पाउने केही क्लाउड गेम्स हरुमा एसफल्ट ९ , मोबाइल लेजेण्डस् , पी.जी.ए. टूर गोल्फ शूटआउट , डब्लु.डब्लु.ई सुपरकार्ड आदि छन् ।

 

 आउँदो हप्ताहरूमा फेसबुकले डर्ट बाइक गेम लगायत अन्य थप्दै खेल लाइब्रेरी विस्तार गर्ने बताएको छ ।