रोनाल्डोले जिते कोरोना , अब मैदानमा फर्किने

रोनाल्डोले जिते कोरोना , अब मैदानमा फर्किने

युभेन्ट्सले जनाए अनुसार स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोना भाईरसको संक्रमणबाट शुक्रबार मुक्त भएका छन् ।

 

नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोलाई स्वीडेनसँगको खेल अघि अक्टोबर १४ मा कोरोनाको संक्रमण देखिएको थियो ।

 

 कोरोना देखिएको १९ दिनपछि रोनाल्डो कोरोना मुक्त भएका हुन् ।

 

तस्बिर - रोनाल्डोको ट्विटर बाट