आइपिएल ; मुम्बई क्वालिफायरमा प्रवेश, दिल्ली ९ विकेटले पराजित

आइपिएल ; मुम्बई क्वालिफायरमा प्रवेश, दिल्ली ९ विकेटले पराजित

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा २०२० मा साविक विजेता मुम्बई इन्डियन्स क्वालिफायरमा पुगेको छ । शनिबार साँझ दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा आफ्नो स्थान पक्का गराएको हो ।

जितका लागि १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईको सानदार जितमा ओपनर ईशान किशन ४७ बलमा ८ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे । सूर्यकुमार यादव ११ बलमा १ छक्का सहित १२ रनमा अविजित रहे । नोर्कियालाई छक्का प्रहार गर्दै किशनले मुम्बईलाई जित दिलाएका थिए ।

मुम्बईका ओपनर किशन र क्विन्टन डी ककले १०.२ ओभरमा ६८ रनको साझेदारी गर्दै सहज जित नजिक पुर्याएका थिए । एनरिच नोर्कियाले बोल्ड आउट गुर्नअघि डी ककले २८ बलमा २ चौका सहित २६ रनको योगदान दिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो । दिल्लीका कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।