जताततै शुल्क विवाद : केयुमा विद्यार्थीहरू विज्ञप्ति टासेको टासै , प्रशासनको बेवास्ता

जताततै शुल्क विवाद : केयुमा विद्यार्थीहरू विज्ञप्ति टासेको टासै , प्रश...

लामो समय रोकिएको पढाइ बल्लतल्ल वैकल्पिक माध्यामबाट सुरु भयो । अहिले सेमेस्टर सकिन लाग्दा पढाइ शुल्कको कुरा आयो । प्रशासनले शुल्क तिर्न भन्यो , विद्यार्थीले यसरी छुट्टै ढंगमा पढाइ भएकाले शुल्क पनि त्यसै अनुसार कसैलाई मर्का नपर्ने गरी लिन भने । सम्पूर्ण शिक्षण संस्थामा अहिले चलिरहेको विवाद हाे शुल्क विवाद !

 

काठमाडौं विश्वविद्यलयका विद्यार्थीहरुले पनि विभिन्न मितिमा विज्ञप्ति जारी गरे तर प्रशासनले ति विज्ञप्ति देख्दै नदेखेको जस्तो गर्यो । दुई पटकसम्म विज्ञप्तिको कुनै प्रतिक्रिया नआएपछि विद्यार्थीहरूको आज रजिष्टारको नाममा २४ घण्टे अल्टिमेटम सहित नयाँ विज्ञप्ति आएको छ । विज्ञप्तिमा २४ घण्टासम्म पनि विद्यार्थीलाई बैठकमा नबोलाए अन्य कडा बाटो अपनाउने र यस कारण कुनै क्षति हुन पुगेका स्वयं कलेज प्रशासनले नै जिम्मेवारी लिन पर्नेछ भनिएको छ। 

 

शिक्षा मन्त्रालयले शुल्क उठाउन बाटो खोलिदियो तर यसरी वैज्ञानिक ढंगबाट शुल्क लिन भनिदिएन । मन्त्रालयको यसै कमजोरीले गर्दा देशमा लगभग सबैजसो शैक्षिक संस्थामा यो शुल्क विवादले कोरोना भन्दा जटिल रूप लिएको छ।