इङल्याण्डका एक किसानको खेतमा करोडौंको खजाना

इङल्याण्डका एक किसानको खेतमा करोडौंको खजाना

इङल्याण्डका एक किसानको खेतमा करोडौंको खजाना भेटिएको छ । ३५ वर्षका ट्रेजर हन्टर माइक स्मेलले मेटल डिटेक्टरको सहायताले यति ठूलो खजाना भेट्टाएका हुन् । खेतमा करिब ६०० सिक्का भेटिएका छन् जुन २ हजार वर्षभन्दा पुराना भएको बताइएको छ ।

माइक आफ्ना साथीहरुसँग हिँडिरहेको बेला उनको मेटल डिटेक्टरले धातुका सामान भएको संकेत दिएको थियो र संकेत दिएको ठाउँमा खनेर हेर्दा उनले केही सिक्का भेट्टाए ।

एउटाको मूल्य ९०० पाउण्ड पर्ने रोमन साम्राज्यका सिक्काहरु संग्रहालयमा बेचिनेछ । यी सिक्का बेचेर आएको पैसा आधा माइकको हुनेछ र आधा किसानलाई दिनेछन् ।