इंग्लिस प्रिमियर लिग ; लेस्टर सिटीले लिड्स युनाइटेडलाई हरायो

इंग्लिस प्रिमियर लिग ; लेस्टर सिटीले लिड्स युनाइटेडलाई हरायो

लेस्टर सिटीले सोमबार राति इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडमाथि ४–१ को जित निकालेको छ । यो नतिजासँगै टोली अंकतालिकाको दोस्रो स्थानमा उक्लिन सफल रह्यो ।

ब्रेन्डन रोजर्सको लेस्टरले यो सिजन घरबाहिर खेलेका सबै चार खेल जितेको छ। हारभेयी बार्नसको गोलले अग्रता लिएको लेस्टरका लागि जेमी भार्डीले पनि एक गोल गरे । लिड्सका लागि स्टुवार्ट डलासले एक गोल फर्काए । यो जितपछि लेस्टरको १५ अंक भएको छ जुन शीर्ष स्थानमा रहेको लिभरपुलससँग एक अंकको मात्र दूरी हो ।

सोमबारकै अर्को खेलमा फुलहमले सिजनको पहिलो लिग जितका लागि वेस्ट ब्रुमलाई २–० ले हराएर रेलिगेसन क्षेत्रबाट बाहिर निस्कियो । लन्डन क्लबका लागि बबी डेकोरडोभा र आला एइनाले गोल गरे ।